‘ट्राफिक कम्युनिकेशन एप्स’को मद्दतले ३५ चालक कारवाहीमा

१४ फाल्गुन २०७५, मंगलवार १८:३१
 

सदरलाइनडटकम,
नेपालगन्ज  : बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्ेश्यले लामो दुरीमा दुई सवारी चालक नराख्ने सार्वजनिक यातायातलाई धमाधम कारवाही सुरु गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतले लामो दुरीका सवारी साधानमा दुई चालक नराख्ने सवारी साधानलाई जाँच गरी कारवाही गर्न सुरु गरेको हो ।
सो एप्स १५ दिन अघिदेखि मात्र प्रयोगमा ल्याएको हो । दुई चालक नराख्ने ३५ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
लामो दूरीका सार्वजनिक सवारी साधन (यात्रुबाहक बसमा) दुई चालक नराख्ने ३५ सवारी साधनलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख तथा प्रहरी नायव निरिक्षक ओम पौडेलले जानकारी दिए ।
उनले लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई जाँचका क्रममा कारवाही गरिएको हो ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले गत माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन (बस)मा दुई सवारी चालक राखे÷नराखेको जानकारी लिन बाँकेको चप्परगौडीमा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ ।
यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको हो ।
लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको छ ।
पहिलो चरणमा काठमाडौँको नागढुगामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश पाँचको बाँकेको कोहलपुरमा सो एप्स सञ्चालनमा ल्याइएको छ । बाँकेमा मात्र चालु आर्थिक वर्षको माघ महिना सम्म ४८ सवारी दुर्घटना हुँदा ३३ को ज्यान जानुको साथै २८ जना घाइते भएका छन् ।

Next Post

ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

१४ फाल्गुन २०७५, मंगलवार १८:३१
सदरलाइनडटकम, सुर्खेत : लागूऔषध ब्राउन सुगरसहित सुर्खेत प्रहरीले चार जनालाई पक्राउ गरेको छ । लागूऔषधविरुद्धको अभियानअन्तर्गत परिचालन भएको प्रहरी गस्ती टोलीले वीरेन्द्रनगरका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो । वीरेन्द्रनगरको पुरानो ट्राफिक कार्यालय जाने सडकको चाइना गेट होटलबाट ३ जना र वीरेन्द्रनगर १० बाट एक जनालाई ब्राउन सुगरसहित पक्राउ […]

सम्बन्धित