मदन–आश्रीत स्मृती दिवसमा श्रद्धाञ्जली सभा

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार १९:३४
 

नेपालगञ्ज : नेकपा एमाले बाँकेले २८औ मदन–आश्रीत स्मृती दिवसमा श्रद्धाञ्जली सभाको आयोजना गरी मनाएको छ ।


पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रम पार्टी अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा भएको थियो । पार्टी सचिव प्रमोद धितालले सहजिकरण गरेको सो कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य मो. हारुन हल्वाई रहेका थिए । कोरोना महामारीको बेलामा आयोजना गरिएको कार्यक्रममा सिमित पदाधिकारी र व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा पार्टी उपाध्यक्ष तथा खजुरा गाउपालिका अध्यक्ष किस्मत कक्षपति, उपप्रमुख एकमाया बिक, पार्टी नेता पदम धिताल, अशोक कर्माचार्य, भिम ओली, हिम रसायली, मनोजबर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ६ जनाको ज्यान गयो

३ जेष्ठ २०७८, सोमबार १९:३४
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुर्भाकोट १३ सुर्खेतका ६८ वर्षीय पुरुष, नेपालगञ्ज १० […]

सम्बन्धित