नेपालगञ्जको दाना उद्योगमा बिस्फोट एकको मृत्यु, दुई घाइते

सदरलाइन संवाददाता २२ जेष्ठ २०७८, शनिबार १३:४३
 


नेपालगञ्ज : नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन विस्फोट हुँदा कार्यरत मजदुरको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन् ।

नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का साबीराज मियाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनले सो घटनामा परेर सोही स्थानमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको र उनीहरुको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भई रहेको बताए ।


शनिबार बिहान साढे ९ बजे भएको सो घटनाको जानकारी आउने बित्तिकै प्रहरी प्रमुख राना, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख डिल्लीबहादुर खड्कालगायतको टोली घटनास्थल पुगेर अनुसंन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोेरोना कहरमा पनि धमाधम विकास निर्माणमा जुट्दै नेपालगञ्ज–१८

२२ जेष्ठ २०७८, शनिबार १३:४३
नेपालगञ्ज : कोरोना कहरका बीचमा पनि नेपालगञ्ज–१८ मा विकास निर्माणको गति तीब्र पारिएको छ । वडा अध्यक्ष दिपक बर्माको जनप्रतिनिधिको टोलीको सक्रियताको कारण वडामा संक्रमितको घर–घरमा पुगेर सेवा दिदै विकास निर्माणको कामलाई पनि निरन्तरता दिएको हो । पछिल्लो समय वडा अध्यक्ष बर्माले सुर्खेतरोडदेखि ट्राभलर भिलेज जाने सडकको शिलन्यास गरेका छन् […]

ताजा अपडेट