विद्युत प्राधिकरणविरुद्ध अपराधिक उपद्रवको मुद्दा दर्ता

सदरलाइन संवाददाता २६ मंसिर २०८०, मंगलवार १३:१४
 

नेपालगञ्ज : विद्युत प्राधिकरण नेपालगञ्जका कर्मचारीले सडकमा हुर्केका विरुवा समन्वयबिना काटेपछि नेपालगन्ज उपमहानगरपालिकाले प्राधिकरण विरुद्ध अपराधिक उपद्रवको मुद्दामा जाहेरी दिएको छ ।

स्थानीय सरकारसँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा बयस्क रुख काटिएपछि उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको ठाडो जाहेरी दिएको छ भने वन कार्यालयमा पनि वन ऐन अनुसारको उजुरी दर्ता गराएको छ ।

विद्युत कार्यालयले तार व्यवस्थापनको नाममा नेपालगञ्ज उपमहानगरपालिकाले हुर्काएका रुख ठुटै हुने गरी काटेपछि नगर प्रमुख प्रशान्त विष्ट आक्रोशित हुँदै विद्युत कर्मचारीविरुद्ध कारबाही प्रक्रियामा गएका हुन् । सार्वजनिक सम्पति तोडफोड र तहसनहस गरिएको विषय भएकाले अपराधिक उपद्रवमा जाहेरी दिएको नगर प्रमुख विष्टले बताए ।


बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नेपालगञ्ज उपमहानगरपालिकाले जाहेरी आएको बताउँदै त्यसबारेमा अनुसन्धान गरिने बताए ।

विद्युत कर्मचारीले शनिबार अपरान्ह जिल्ला अदालत अगाडिका १६ वटा रुख ठुटै बनाएर काटेका थिए । रुख काटिएको थाहा पाउने वित्तिकै मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल घटनास्थलमा पुगेका थिए ।

नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयस्क रुख काटिएपछि प्राधिकरणको चौतर्फी विरोध भएको छ । विद्युतले तारमा छुन थालेको हाँगा छाँट्नु पर्नेमा रुख ठुटै हुने गरी काटिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसोबाट जोगाउन राप्तीसोनारी तयारी अवस्थामा

२६ मंसिर २०८०, मंगलवार १३:१४
नेपालगञ्ज : यस वर्षको चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । केही दिन अघिको हल्का वर्षाका कारण बाँकेमा ह्वात्तै चिसो बढेको छ । पश्चिमी बायुको प्रभावका कारण मौसममा आएको परिवर्तनले ह्वात्तै चिसो बढेको हो । सोमवार बाँकेको तापक्रम न्यूनतम ९.६ डिग्री सेल्सियस र अधिकतम २४.२ डिग्री सेल्सियस मापन गरिएको […]