कोहलपुर (बाँके) : लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चाएको छ । बाँकेको कोहलपुरमा प्रहरीले लागु औषध काराबारीलाई पक्राउ गर्न गोली चलाएको हो ।
लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र बाँके प्रहरीको संयुक्त टोली कोहलपुरको चप्परगौडी पुगे लगतै कारोबारीहरु भागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
प्रहरीले चलाएको गोली लागेर घाइते अवस्थामा रहेका लागु औषध कारोबारी सुशील परियार र अर्का शरणबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ । घाइते परियारको भेरी अस्पतालमा उपचार भइ डिस्चार्ज समेत भएको प्रहरीले जनाएको छ ।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएका प्रहरी निरक्षिक रुपेस बिस्ट र प्रहरी सहायक निरीक्षक बाल कृष्ण सन्जेल सहितको टोलिले गोली हानेर कोहलपुरको चप्पलगौंडीबाट घाइते परियार र कार्कीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए । परियार सहितको टोली भाग्न खोजेपछि गोली चलाउनु परेको उनले बताए ।
परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १ सय १० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ ।