भेरी अस्पतालमा कमिशन खाने ४ कर्मचारी सहित १५ जनालाई कैद

सदरलाइन संवाददाता १० फाल्गुन २०७९, बुधबार १३:४१
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा बिभिन्न समान तथा औषधी खरिद बिक्रीको क्रममा कमिशन बापतको घुस खाने र दिने दुबैलाई बिशेष अदालतले कैद र बिगो जरिवानाको फैसला सुनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत घुस खाने ४ जना कर्मचारी सहित घुस खुवाउने निजी फर्महरुका ११ जना व्यापारी गरी १५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ साल असोज २२ गते बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले अस्पतालमा भएको भ्रष्टाचार काण्डमा करिब २ वर्षपछि गरेको फैसलामा अख्तियारको माग दाबी रहेको कुल १७ लाख ८० हजार ४ सय ७५ रुपैयाँलाई अस्पतालका मुख्य ४ जना अभिुक्त रहेका पूर्व कर्मचारीहरु भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सह–लेखापाल प्रेम बहादुर खत्रीलाई बिगो माग दाबी रकम ४ भाग लगाई ७/७ महिना कैद सजायको फैसला सुनाएको छ ।


बिशेष अदालतले बरामदी मुचुल्का, अनुसन्धानका क्रममा भएको साबिती बयान, अरुण खनालले गुगल ड्राइभमा सुरक्षित राखेको कमिसनको विवरण, अदालतलमा गरेको बकपत्र लगायतलाई प्रमाण मान्दै यस्तो फैसला गरेको जनाएको छ ।

विशेष अदालतका अनुसार अस्पतालका ति ४ जना कर्मचारीलाई जनही ४ लाख ४५ हजार १ सय १८ रुपैयाँ बिगो र ७/७ महिना कैद हुने फैसला गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका ६ गैंडा भारतीय आरक्षमा

१० फाल्गुन २०७९, बुधबार १३:४१
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केका ६ वटा गैंडा सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका छन् । एक साताअघि ६ मध्ये २ वटा गैंडा भारतको बहराइच जिल्लाको मध्यवर्ती क्षेत्र आमा बरदियाको गाउँमा पुगेपछि स्थानीयले लखेटेर आरक्षभित्र पठाएको भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता अन्तर्राष्ट्रिय […]

सम्बन्धित