कोेरोना कहरमा पनि धमाधम विकास निर्माणमा जुट्दै नेपालगञ्ज–१८

सदरलाइन संवाददाता २२ जेष्ठ २०७८, शनिबार १४:४०
 

नेपालगञ्ज : कोरोना कहरका बीचमा पनि नेपालगञ्ज–१८ मा विकास निर्माणको गति तीब्र पारिएको छ । वडा अध्यक्ष दिपक बर्माको जनप्रतिनिधिको टोलीको सक्रियताको कारण वडामा संक्रमितको घर–घरमा पुगेर सेवा दिदै विकास निर्माणको कामलाई पनि निरन्तरता दिएको हो ।

पछिल्लो समय वडा अध्यक्ष बर्माले सुर्खेतरोडदेखि ट्राभलर भिलेज जाने सडकको शिलन्यास गरेका छन् । वडाको आफ्नै बजेटबाट ४१ लाखको लागतमा दुबैतर्फ ढक्कनसहितको आरसिसि ड्रेन र अस्फाल कालोपत्रे सडक निर्माण कार्यको शिलन्यास गरिएको हो । यो वडाको आफ्नै बजेटबाट निर्माण सुरु गरिएको नेपालगञ्ज उपमहानगर भित्रकै पहिलो योजना भएको वडा अध्यक्ष बर्माले दाबी गरे ।


यो संगै कोरोना कहरका बीचमा पनि वडा अध्यक्ष बर्माको सक्रियतामा उनीसहितको जनप्रतिनिधिको टिमले सिक्टा पछाडि, होटल सिद्धार्थ भ्यू पछाडि, दुर्गा भगवती टोल, मनव धर्म आश्रम कारकाँदो गाउ, भंगीटोल, लग्दहवादेखि बसपार्क जाने बाटोलगायतका बिकास निर्माणको कार्य सञ्चालनमा रहेका छन् ।

वडा अध्यक्ष बर्माले यसै आर्थिक वर्षको योजनामा केही बाटो कालोपत्रेको योजनासंगै नाली निर्माण, ग्राभेलिङ्ग गर्नेदेखि योजना शिलन्यास गरी तीब्र गतिमा कार्य सम्पन्न गर्ने योजना रहेको बताए । उनले आफ्नै व्यक्तिगत खर्चमा नेपालगञ्ज उपमहानगर भरी कोरोना संक्रमितलाई अस्पताल जान वा घर आउनको लागि निशुल्क एम्बुलेन्स सञ्चानल गर्नुको साथै वडामा संक्रमित भएर होम आईशोलेशनमा बसेकालाई चिकित्सक, औषधि सहितको निशुल्क सेवा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा घट्दै कोरोना संक्रमण, खाली हुँदै शैय्या

२२ जेष्ठ २०७८, शनिबार १४:४०
नेपालगञ्ज : कोरोना संक्रमणको दोस्रो लहरले थलिएको बाँकेमा हालका दिनहरूमा कोरोना संक्रमण दर र मृत्यु दरमा कमि आएको छ । बाँकेमा कोरोना संक्रमण नियन्त्रणमा देखिए संगै कोरोना संक्रमितको उपचार हुँदै आएका भेरी अस्पताल र कोहलपुर शिक्षण अस्पतालका श्यया खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण […]