बाँकेको पार्वतीपुरमा श्रीमान श्रीमाती मृत अवस्थामा भेटिए हत्याको आशंका

सदरलाइन संवाददाता १० श्रावण २०७९, मंगलवार ०९:५५
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा श्रीमान श्रीमाती मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा आफ्नै घरमा सुतेको अवस्थामा २५ वर्षिय कृष्णकुमार गढरिया र उनकै श्रीमती २३ वर्षिया अञ्जली गढरिया मृत अवस्थामा फेला परेका हुन । उनीहरुको करिव १ वर्ष पहिला विवाह भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले घरमै सुतेको अवस्थामा विहान नउठेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेपछि घटनाको जानकारी भएको बताए ।


घटनास्थलमा प्रहरी पुग्दा मृतक कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट रहेको र उनी रगताम्य अवस्थामा भेटिएको साथै उनकी पत्नी अञ्जली उत्तानो अवस्थामा रहेको जनाएको छ ।

प्रहरी नायव उपरिक्षक न्यौपाने सहितको टोली घटनास्थलमा पुगेर स्थलगत मुचुल्का गरी मृतक दाम्पतिको शव पोष्टमार्टमको लागि भेरी अस्पतालमा पठाएको बताए । ‘घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको छ । यसको गहन अनुसन्धानमा जुटि सकेका छौ । पोष्टमार्टम रिर्पोट आएपछि पनि घटनाको थप उजागर हुनेछ । घटनास्थल र शवको अवस्था हेर्दा आत्महत्या जस्तो देखिदैन’–प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पश्चिम तराईका जिल्लामा सर्पदंशका बिरामी बढे

१० श्रावण २०७९, मंगलवार ०९:५५
नेपालगञ्ज : गर्मियाम र वर्षात शुरु भएपछि पश्चिम तराईका जिल्लामा सर्पदंशका बिरामी ह्वात्तै बढेका छन् । पश्चिम नेपालको रेफरल भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढेको छ । अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेका अनसार दैनिक १० देखि २० जना सर्पदंशका बिरामी अस्पतालमा आउने गरेका छन् । अधिकांश ती बिरामी रेफर भएर […]