महोत्सवमा केही महिलालाई स्टल निःशुल्क

१ पुष २०७६, मंगलवार १४:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित हुने महोत्सवमा केही महिला उद्यमीलाई निःशुल्करुपमा स्टल उपलब्ध गराइने भएको छ । पुस ११ देखि २१ गतेसम्म नेपालगञ्जको सडक विभाग परिसरमा सञ्चालन हुने महोत्सवमा एकल महिला, फरक शारीरिक क्षमता भएका र दलित महिला उद्यमीलाई निःशुल्करुपमा स्टल उपलब्ध गराइने भएको हो ।
महोत्सव मूल आयोजक समितिकी संयोजक रचना श्रेष्ठले आफ्नै उत्पादन बिक्री गर्न चाहाने उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले निःशुल्क स्टल दिने व्यवस्था गरिएको बताइन् । मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” नेपालगञ्जमा आयोजना हुँदैछ ।
यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्यले सञ्चालन गर्न लागिएको महोत्सवले भ्रमण वर्ष २०२० सफल बनाउने आशा गरिएको मुल आयोजक समिति उपसंयोजक मिना सुवेदी ढकालले जानकारी दिइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

Next Post

बमको आशंकामा डिष्पोज गर्दा नुनको पोका

१ पुष २०७६, मंगलवार १४:४८
सदरलाइनडटकम, दाङ : दाङको घोराही उपमहानगरपालिका १५ गुलरियामा मंगलवार विहान भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । गुलरीयाको मातृभूमी टोल स्थित मोहन अधिकारीको घरको गेटमा भेटिएको शंकास्पद बस्तु बम नभएको नेपाली सेनाको टोली पुष्टि गरेको हो । पलाष्टिकको पोकामा तार बेरेर राखिएको बस्तुलाई रिपु मर्दन गणबाट गएको नेपाली […]