बर्दियामा प्रहरी जवानद्धारा आत्महत्या

सदरलाइन संवाददाता ९ जेष्ठ २०७८, आईतवार १७:१०
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ८ कण्ठपुर स्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुसल बहादुर खाम्साले प्रहरी चौकी परिसर भित्रै झुण्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी होम बहादुर शाहीले जानकारी दिए ।

पाल्पा स्थायी ठेगाना हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय कुशल खाम्चाले गएराती आत्म हत्या गरेका हुन् ।


उनले प्रहरी चौकी परिसर भित्रकै रुखमा पासो लगाएर झुन्डिएका हुन् । उनको दरबन्दी खजुरा गण भई हाल बर्दिया बढैयाताल गाउँपालिका ८ स्थित कालिका प्रहरी चौकी कण्ठपुरमा प्रहरी जवानका रूपमा कार्यरत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार बाँकेमा ३९० थपिए, ४५२ जना डिस्चार्ज

९ जेष्ठ २०७८, आईतवार १७:१०
नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको ३ सय ६८ जनामध्ये २ सय ६५, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल १ सय १२ जना मध्ये ३६ जना, र बागेश्वरी ल्याबमा १ सय ९० जनाको परिक्षण गर्दा ८९ […]

सम्बन्धित