कांग्रेसको घोषणापत्र सार्वजनिक

सदरलाइन संवाददाता ११ बैशाख २०७९, आईतवार १५:५४
 

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।


कांग्रेसले पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात गर्दै स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले संकल्प गराएको छ ।

कांग्रेसको संकल्पमा भनिएको छ, ‘जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौँ । सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्दैनौँ । गर्न दिने छैनौं, कानूनको सीमा भन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौं, नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीको सुकुम्बासी बस्तीमा भीषण आगलागी

११ बैशाख २०७९, आईतवार १५:५४
नेपालगञ्ज : कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको सुकुम्बासी बस्तीमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो बिपतपुर सुकुम्बासी बस्तीमा आगलागी भएको वडाअध्यक्ष डबल प्रसाद चौधरीले बताए । उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन् । ‘हालसम्म मानविय क्षति भएको छैन। गौरीगंगाको दमकल बोलाएका थियौं तर आगो नियन्त्रणमा […]

सम्बन्धित