नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको ३ सय ६८ जनामध्ये २ सय ६५, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल १ सय १२ जना मध्ये ३६ जना, र बागेश्वरी ल्याबमा १ सय ९० जनाको परिक्षण गर्दा ८९ जना गरी बाँकेमा ३ सय ९० जनामा संक्रमणको पृष्टि भएको छ ।
आइतवार थप भएका मध्ये बाँकेका १ सय १४ जना रहेका छन् भने बाहिरी जिल्लाका २ सय ७६ जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।
थपिएका संक्रमित सहित बाँकेमा हालसम्म १६ हजार ७ सय ८५ जनामा संक्रमण पृष्टि भएको छ ।
त्यस्तै आज २ सय ३ महिला र २ सय ४९ जना पुरुष गरी ४ सय ५२ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १४ हजार ६ सय ७९ जनाले कोरोना भाईरसलाई जितेका छन् ।
बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका १ हजार ५ सय ५७ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ३ सय ९४ जना रहेका छन् ।
यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय २१ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँकेमा ५ सय १३ जनाको निधन भएको छ ।