दाङ्गको बाह्रकुने दहलाई पर्यटन सर्किटसंग जोड्ने योजना

सदरलाइन संवाददाता १३ कार्तिक २०८१, मंगलवार १४:३३
 


दाङ्ग  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य दाङ्गको प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने दहलाई धार्मिक पर्यटन सर्किटसँग जोड्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुगेका थिए ।

मुख्यमन्त्री आचार्यले सो अवसरमा स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरुसंग समेत छलफल गरेका थिए । घोराही उपमहानगरपालिका–१३ मा बाह्रकुने दह रहेको छ ।

यो दहमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको भनाई छ । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुना दहको रुपमा रहेको छ । यो धार्मिक एवम् पवित्र स्थल पनि हो ।


यहाँ माघे सङ्क्रन्तिको दिन ठूलो मेला लाग्ने गर्दछ । मुख्यमन्त्री आचार्यसहित बाह्रकुने दह क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको अवलोकनको लागि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा, पूर्व स्वास्थ्य मन्त्री राजु खनाल लगायतको सहभागिता रहेको छ ।

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ । त्यही संकल्प अन्तरगत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पु¥याउने र धेरै दिनको भ्रमण गराउनेगरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा जलवायु परिवर्तनको असरका कारण जनजिविका प्रभावित

१३ कार्तिक २०८१, मंगलवार १४:३३
मुगु  :  जलबायु परिवर्तनका कारण कर्णाली प्रदेशका हिमाली जिल्लामा हुँदै गएको परिवर्तनका कारण स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ । उच्च पहाडी जिल्लाहरुमा समयमा हिउ पर्न छाडेपछि खेती चक्रमा आएको परिवर्तनका कारण आफुहरु समस्यामा परेको उनीहरुको गुनासो छ । ‘कुनैबेला चारपाँच फिट हिउँले भरिने आफ्नो गाउँ आज वर्षौ भयो त्यस्तो […]