सदरलाइनडटकम,
नेपालगञ्ज : निजी क्षेत्रसँग सहकार्य गरी नेपालगञ्जमा सरसफाई अभियान तीब्र पारिएको छ । हरेक साता स्वस्फुर्त सरसफाईका कार्यक्रमम भइरहेका बेला नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा वडा नं. १ को सहयोग र स्वच्छ नेपाल हाम्रो अभियानको सहजिकरणमा केही दिन यता नेपालगञ्ज खजुरा रोडमा सरसफाई तीब्र पारिएको हो ।
नेपालगञ्ज उपमहानगरकी उप–मेयर उमा थापा मगर र वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल शनिवार स्वयं सडक सरसफाई गरेका थिए । वडा न १ को वडास्तरीय बालक्लव सञ्जालका बालबालिकाहरु पनि सचेतनामुलक नारासहित प्लेकार्ड बोकेर सरसफाईमा खटेका थिए । उप–मेयर थापा मगर र वडाध्यक्ष रिजाल मुखमा मास्क र हातमा पञ्जा लगाएर सडक, ढल नाला सरसफाईका साथै सबैलाई सचेतसमेत गराएका थिए ।
