सिक्टा पेडारी शाखा नहरको पानीले घियाताल भरिदा छ हजार हेक्टर जमिनमा सिचाई हुँदै

रुद्र सुवेदी ८ जेष्ठ २०७८, शनिबार १२:१०
 


नेपालगञ्ज  : सिक्टा सिचाई आयोजनाको पश्चिम मूल नहरबाट वितरण गरिएको पानीले बाँकेको खजुरा–८ र बैजनाथ गाउपालिका–६ मा रहेको घिया ताल बैशाख जेठ मै पानीले भरिएपछि सो क्षेत्रमा हरियाली बढ्नुको साथै बिभिन्न जलपन्छि देखिन थालेका छन् ।

बाँकेमा कृषिको क्षेत्रमा ठूलो परिवर्तन गर्ने उद्देश्यले नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजना सिक्टा सिंचाई आयोजनाको पश्चिम मूल नहरबाट गतवर्षदेखि परिक्षणको लागि पानी नियमित सञ्चालन गर्दै आएको छ । सिक्टाको नहरमा सञ्चालन गरिएको पानीका कारण गतवर्ष असारको तेस्रो सातामै रोपाई सकिएको र हिउदे खेतीलाई पनि सहज भएको स्थानीय किसान मिन्नु खाँको भनाई छ ।

उनले भने–‘ यहाँ गर्मी सुरु भएदेखि बन्धवा ताल (घियाताल) सुक्ने गरेकोले हामीलाई पशु चौपायलाई पानी खुवाउन पनि कठिन हुने गरेको थियो तर, सिक्टा नहरबाट पानी छाडिएपछि अहिले तालमा पानी भरीएको छ । खेतबारीमा सिचाई पनि भएको छ । पशु चौपायलाई पानी खाुवाउने ठाँउ पनि भएको छ ।’

पञ्चायतकालमा तत्कालिन मन्त्री फत्तेसिंह थारुको पहलमा २०४० सालतिर वर्षातको पानी संकलन गरी सिचाई गर्ने उदेश्यले बाँध बाँधेर प्रबन्ध मिलाईएको भएपनि चैत बैशाखमा पानी सुक्ने भएपछि अलपत्र रहेको संरचनालाई सिक्टा नहरको पानी पुगेपछि यतिबेला सिचाईको प्रचुर संभावना देखिएको सिक्टा सिचाई आयोजना प्रमुख ई लोकबहादुर थापा बताउछन् ।

उनले भने–‘ सिक्टा सिचाई आयोजनाका शाखा प्रशाखा नहर निर्माणको क्रमसंगै नगरमा पानी पनि छाडिदै आएको छ । त्यसले प्रतयक्ष तथा अप्रत्यक्ष रुपमा किसानलाई फाईदा भएको छ । पछिल्लो समयमा पेडारी शाखा नहर निर्माणको चरणमा छाडेको पानीले घिया ताल भरिनुको साथै यसको पुरानो संरचना अनुसार पानी किसानको खेतसम्म पुग्न थालेको छ ।’

स्थानीयले बन्धवा तालको रुपमा चिन्ने गरेको घिया तालमा सिक्टा सिंचाई आयोजनाको पेडारी शाखा नहर मार्फत छाडेको पानीको कारण खजुरा गाउपालिकाको करिव ६ हजार हेक्टर जमिनमा सिचाई हुने संभावना रहेको आयोजनाका प्रमुख तथा ई. थापाको भनाई छ । सिक्टा नहरबाट छाडिएको पानीका कारण यतिबेला घिया तालमा विभिन्न जलपन्छी समेत देखा पर्ने गरेका छन् ।

उनले स्थानीय पालिकाले सामान्य मर्मत संभार तथा बाँधलाई अलिकती बढाउदै केही संरचना बनाउन सक्दा पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने साथै पानी हाँस, बकुल्ला, सारशलगायतका विभन्नि प्रजातीका जलपन्छिको कारण घिया ताल रमणिय स्थलको रुपमा पनि विकास गर्न सकिने संभावना रहेको औल्याए ।


स्थानीयले बन्धवा तालको रुपमा चिन्ने गरेको घिया तालमा सिक्टा सिंचाई आयोजनाको पेडारी शाखा नहर मार्फत छाडेको पानीको कारण खजुरा गाउपालिकाको करिव ६ हजार हेक्टर जमिनमा सिचाई हुने संभावना रहेको आयोजनाका निर्देशक ई थापाको भनाई छ ।

उनले ताललाई संरक्षण तथा बाँध र ढोकालाई सामान्य मर्मत गरी त्यहाँ रहेको परम्परागत प्रणालीको नहरबाट तत्कालै किसानले सिचाई सुविधा लिन सक्ने दाबी गर्दै भने–‘यहाँ रहेका पुराना संरचनालाई सामान्य मर्मत गर्नेहो भने सिचाईको लागि किसानको खेतसम्म सजिलै पानी पुगेको छ । त्यसको सदुपयोग हुन आवश्यक छ ।’

प्राय चैत बैशाखमा सुक्ने घिया ताल यतिबेला सिक्टा सिंचाई आयोजनाले पश्चिम मूल नहरको पेडारी शाखा नहर मार्फत छाडेको पानीको कारण यतिबेला घिया ताल पानीले डम्म भरिएको छ । तालमा पानी भरिएपछि गर्मिको बेलामा पशु चौपायलाई पिउने पानीको प्रबन्ध हुनुको साथै खेतीको लागि सिचाईको पनि सुबिधा भएको खजुरा गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष फिरोज खाँ बताउछन ।

सिक्टा सिचाई आयोजनाको पेडारी शाखा नहर निर्माणको क्रममा रहदै छाडेको पानीले रानियापुर घिया, चमकदारपुर, खजुरा हुँदै सितापुरसम्मका किसानले सिचाईको सुविधा पाउनुको साथै पशुपन्छिलाई समेत पिउने पानी उपलब्ध भएको छ । गाउपालिकाल र वडाले पनि यसको बाँध मर्मतको लागि केही बजेट विनियोजन गरी उपयोगमा ल्याउने वडा अध्यक्ष खाँ बताउन ।

सिक्टा सिचाई आयोजना राष्ट्रिय गौरवको आयोजना हो । निर्माण कै क्रममा रहेको यो आयोजना पुरा भई सञ्चालनमा आउदा यसले बाँकेको कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा थप ६ जना संक्रमितको मृत्यु

८ जेष्ठ २०७८, शनिबार १२:१०
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ६ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा चारजना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरि थप ६ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । भेरी अस्पताल नेपालगन्जमा […]