पहिलो पटक बाँकेमा वडाध्यक्ष महासंघ गठन

२ चैत्र २०७५, शनिबार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पेशागत सुरक्षा र अधिकार प्राप्तिका लागि बाँकेका वडा अध्यक्षहरु संगठित भएका छन् । बाँकेका आठ वटै स्थानीय तहका वडा अध्यक्षको भेलाले वडा अध्यक्ष महासंघ तदर्थ समिति गठन गरेको छ ।
डुडुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रको संयोजकत्वमा गठन भएको तदर्थ समितिले विधानको मस्यौदा तयार गर्ने र उक्त मस्यौदा आगामी भेलाबाट पारित गराउने जिम्मेवारी पाएको छ । नौ सदस्यीय तदर्थ समितिको उप–संयोजकमा नेपालगञ्ज उपमहानगरपालिका–२ का वडा अध्यक्ष सुनिल सिंह हमाल चयन भएका छन् ।


भेलाले नेपालगञ्ज उपमहानगरपालिका–७ का वडा अध्यक्ष जुम्मन खाँ, जानकी गाउँपालिका–६ का वडा अध्यक्ष सुरेश अहिर, खजुरा गाउँपालिका–७ का वडा अध्यक्ष अतिउल्ला खाँ, नरैनापुर गाउँपालिका–४ का वडा अध्यक्ष दिनेश शर्मा, राप्तीसोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओली, बैजनाथ गाउँपालिका–५ का वडा अध्यक्ष मानबहादुर खत्री र कोहलपुर नगरपालिका–८ का वडा अध्यक्ष रेशमबहादुर खत्रीलाई सदस्यमा चयन गरेको छ । बाँकेमा गठन गरिएको वडा अध्यक्ष महासंघ सम्भवतः नेपालमा पहिलो रहेको बताइएको छ ।


Next Post

त्रिभुवन विश्वविद्यालयको बेरुजु न्यूनिकरणको लागि पहल सुरु

२ चैत्र २०७५, शनिबार १९:०७
सदरलाइनडटकम, नेपालगञ्ज : त्रिभुवन विश्वविद्यालयले बेरुजु न्यूनिकरणको लागि पहल सुरु गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले विश्वविद्यालयमा विभिन्न शिर्षकका १९ अर्व बढी बेरुजु निस्केपछि विश्वविद्यालयको लेखापरिक्षण महाशाखाले विश्वविद्यालय अन्तरगत बढ्दो बेरुजुलाई पूर्ण रुपले हटाउने उद्ेश्यले लेखा तथा प्रशासन प्रमुखको जिम्मेवारी रहेर कार्यरत कर्मचारीहरुलाई लक्षित गरी दुई दिने गोष्ठी नेपालगन्जमा सुरु […]