बाँकेमा थप ६ जना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता ८ जेष्ठ २०७८, शनिबार १७:३३
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ६ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा चारजना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरि थप ६ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा खजुरा गाउँपालिका–२ बाँकेका ५३ वर्षीय पुरुष, राजापुर नगरपालिका–२ बर्दियाका ५० वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१२ दाङका २८ वर्षीया महिला र त्रिवेणि गाउँपालिका–३ सल्यानका ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।


त्यस्तै मेडिकल कलेजमा तुलसीपुर उपमहानगरपालिका–५ दाङका ६३ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५९ वर्षीय पुरुषले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका २३२ जना र जिल्लाकै २७३ जनाले ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ४३१ संक्रमित थपिए, २०३ डिस्चार्ज

८ जेष्ठ २०७८, शनिबार १७:३३
नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ४ सय ३१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको ४ सय १३ जना मध्ये ३ सय ८, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल १ सय १३ जना मध्ये ३२ जना, र बागेश्वरी ल्याबमा ९८ जनाको परिक्षण गर्दा ३९ जना […]