बाँकेको नरैनापुर मलेरियाको उच्च जोखिममा

सदरलाइन संवाददाता १४ कार्तिक २०८०, मंगलवार १४:५०
 

नेपालगञ्ज : भारतीय सिमानासँग जोडिएको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । सो गाउँपालिकाका अधिकांश स्थानीयको भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो ।

गाउँपालिकाका अनुसार भारतमा मलेरिया लागेका व्यक्ति सिधै नरैनापुरमा आउने भएकाले पनि मलेरियाको उच्च जोखिममा नरैनापुरलाई राखिएको छ । गत आर्थिक वर्षमा त्यहाँ १०२ जनामा मलेरिया पुष्टि भएको थियो ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले गत आर्थिक वर्षमा चार हजार ३८४ जनाको मलेरिया जाँच गर्दा १०२ जनामा मलेरिया पुष्टि भएकाले जोखिम बाँकी नै रहेको पुष्टि भएको बताए ।

स्वास्थ्य शाखा प्रमुख साहका अनुसार अघिल्लो आव २०७/०७९ मा दुई हजार ६७५ जनाको औलो जाँच गर्दा ८९ र आव २०७७/०७८ मा एक हजार ५५८ जनाको जाँच गर्दा ३५ जनामा मलेरिया पुष्टि भएको थियो । मलेरियाका कारण कसैको मृत्यु नभएको स्वास्थ्य शाखाले जनाएको छ ।


नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले खुला सिमाना र निर्बाध ओहोरदोहोरका कारण गाउँपालिका मलेरियाको उच्च जोखिममा परेकाले सतर्कता अपनाएर जोखिम घटाउने प्रयास भइरहेको बताए ।

उनले गत केही वर्ष यता गाउँपालिकामा हरेक वर्ष लगातार मलेरियाका बिरामी भेटिने गरेकाले चेकजाँच बढाउनुका साथै जनचेतना वृद्धि गर्ने कार्य पनि गरिरहेको बताए ।

भारतबाट फर्किनेबाट मलेरिया पनि भित्रिने आशङ्का रहेकाले नेपालगञ्जको मुख्य जमुनाहा नाकामा पनि निरन्तर मलेरिया जाँच भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना परीक्षणका लागि नाकामा स्थापना गरिएको हेल्थडेस्कले कोरोनासँगै मलेरिया पनि नियमित परीक्षण गर्दैआएको छ । भारतबाट फर्किनेमा फाटफुट मलेरिया देखिनेगरेको जमुनाहा नाकास्थित हेल्थ डेस्कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ९०६ जनाको लाइन काटियो

१४ कार्तिक २०८०, मंगलवार १४:५०
नेपालगञ्ज : लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आइतबार र सोमबार गरी नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाका १० विद्युत् वितरण केन्द्रबाट आइतरबार […]

सम्बन्धित