नेपालगञ्जमा सडक कब्जा गरेर व्यवसाय गर्दा ट्राफिक व्यवस्थापनमा समस्या

सदरलाइन संवाददाता ३ असार २०७९, शुक्रबार १७:५९
 

नेपालगञ्ज : नेपालगञ्जमा सडक कब्जा गरेर व्यवसाय चल्न थालेपछि यहाँको फराकिलो सडक समेत खुम्चिदै गएको देखिएको छ । जसले गर्दा सवारी साधन जाम हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

मनपरीरूपमा गरिएको सडक व्यापार व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरकाका जनप्रतिनिधी तथा मेयर उपमेयरसमेत उदासीन देखिएका छन् । उपमहानगरपालकाको प्रवेशद्धारमै जथाभावी तरकारीदेखि फलफुलको बजार देखिने गरेको छ ।

नागरिक हिडनका लागि बनाइएको फुटपातमा मात्रै होइन सुर्खेतरोडको आधा भाग यस्ता व्यापारीले ओगटेका छन् । अनेरास्ववियुका सचिव प्रकाश विश्वकर्माले बजार व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको बताउँछन् ।

नेपालगञ्ज उपमहनागरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरूद्दिन राई लगायतका जनप्रतिनिधी र नगरका हाकिमसमेत त्यहि सडक भएर आवतजावत गर्ने गरेका छन् । तर यस्तो अव्यवस्थित सडक बजारलाई व्यवस्थित गर्ने र सडकमा व्यापार गर्न रोक लगाउने तर्फ उनीहरूको ध्यान जान सकेको देखिँदैन ।


तर फुटपात व्यवासायीहरुले भने आफुहरुलाई विकल्प दिनुपर्ने बताउँछन् । ठेलामा तरकारी विक्री गर्दै आउनुभएका मोहम्मद इरफान कवडियाले विकल्प दिए आफुहरु सडक तथा पेटि छाड्न तयार रहेको बताउँछन् ।

अव्यस्थित बजारलाई व्यवस्थित गराउने सवालमा प्रहरी प्रशासनको पनि भूमिका प्रभावकारी देखिँदैन । ट्राफिक प्रहरी बेखवर जस्तै छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाह नगरको ट्राफिक व्यवस्थापनका लागि सहमति जरुरी रहेको बताउँछन् । उनले जनशक्तिको समेत अभाव रहेको बताए ।

जनप्रतिनिधिहरुले भने नगरको फुटपाथ व्यवस्थापनका लागि प्रयास भइरहेको बताउँछन् । आफुहरु निर्वाचित भएर आएको भर्खरै मात्र भएकोले बजार सुधार गर्न केहीदिन लाग्ने नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राइको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका पालिका बजेट ल्याउने तयारीमा

३ असार २०७९, शुक्रबार १७:५९
नेपालगञ्ज : बाँकेका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन् । बाँकेका पालिकाहरू असार १० भित्र शुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनमा जुटेका हुन् । पालिका वडा स्तरबाट […]