नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई भरपर्दो र गुणस्तरिए बनाउनको लागि आवश्यक तयारी अगाडि बढाउने भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को स्वास्थ्य क्षेत्रको बजेट तथा योजना तर्जुमा पूर्वतयारी बैठकमा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरको स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरिय र भरपर्दो बनाउनको लागि आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिदै स्वास्थ्य क्षेत्रमा आन्तिरिक बजेटमार्फ प्राथामिकतामा राखेर बजेट निर्माण गरिने बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख कमरुद्दिन राईले नेपालगञ्ज उपमहानगरका सबै वडाका स्वास्थ्य संस्थामा कम्तिमा एमबिबिएस उतिर्ण चिकित्सकले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिने गरी व्यवस्था मिलाउने गरी तयारी अगाडि बढाउन आग्रह गरे । उनले गुणस्तरिय स्वास्थ्यका लागि छोरी पढाउ छोरी बचाउ जस्ता कार्यक्रम समेत लागू गर्न आवश्यक रहेको औल्याए ।
नेपालगञ्ज उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले शाखाको वार्षिक कार्ययोजना र हालको सेवा प्रवाहको बारेमा जानकारी मुलक अवधारण पत्र प्रस्तुत गरेका थिए । नेपालगञ्ज उपमहानगरमा हेल्थपोस्ट ११, गाउशहर क्लिनिक र आधारभूत स्वास्थ्य संस्था १२ वटा रहेका छन ।
सो कार्यक्रमममा उपमहानगरका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालले योजना छनौटको चरणका बारेमा र स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमका तर्कबहादुर मल्लको समेत प्रस्तुती रहेको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, स्वास्थ्य महाशाखाका कर्मचारीको उपस्थिति रहेको थियो ।
छोरी पढाउ छोरी बचाउ yo line india ko copy gare jasto lagcha upmayor jyu le like in india beti padhao, beti bachao…