कोरोनाबाट बाँकेमा १५ जनाको ज्यान गयो

सदरलाइन संवाददाता ७ जेष्ठ २०७८, शुक्रबार १७:२१
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ७ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ८ जना, सल्यान र कैलालीका २/२ जना तथा बर्दिया, प्युठान र दाङका १/१ जना छन् । मृत्यु हुनेमा २५ वर्षीयदेखि ७१ वर्षसम्मका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज १० का ७१ वर्षीय पुरुष, कालिमाटी २ सल्यानका ३४ वर्षीय पुरुष, नेपालगन्ज १३ की ६३ वर्षीया महिला, खजुरा ७ बाँकेका ४८ वर्षीय पुरुष, लम्कीचुहा ३ कैलालीका ६७ वर्षीय पुरुष, खजुरा ३ बाँकेका ६७ वर्षीय पुरुष र कपुरकोट ४ सल्यानका ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।


त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी ५ प्युठानका ४० वर्षीय पुरुष, घोराही ५ दाङकी ३५ वर्षीया महिला, घोडाघोडी १० कैलालीकी ४० वर्षीया महिला, गुलरिया ६ बर्दियाकी ५५ वर्षीया महिला, राप्तीसोनारी ३ बाँकेका ३३ वर्षीय पुरुष, राप्तीसोनारी ८ बाँकेकी ५५ वर्षीया महिला, बैजनाथ ६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ ४ बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २२२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेजले कोरोनाको निःशुल्क उपचार गर्ने

७ जेष्ठ २०७८, शुक्रबार १७:२१
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कोरोनाको निःशुल्क उपचार गर्ने भएको छ । पश्चिम नेपालमै बाँकेको भेरीसहित मेडिकल कलेजले कोरोनाका विरामीहरुको उपचार गर्दै आएको छ । मेडिकल कलेजका निर्देशक नितेश कुमार कनोडियाको व्यवस्थापनमा नेपाल सरकारको मापदण्डअनुसार उपचार निःशुल्क गरेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै मेडिकल कलेज कोहलपुरले […]