सदरलाइनडटकम
२ बैशाख, नेपालगञ्ज ः खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले अल्पसंख्यक समुदायका दुई जना बालबालिकालाई बिद्यालय भर्ना गराएका छन् । उक्त गाउँपालिकाकी छात्र गुडिया माउत र आकाश माउतलाई ज्ञानोदय नमुना उच्च माविका कक्षा १ मा भर्ना गरिएको हो ।
बिद्यालय भर्ना अभियानका क्रममा कक्षपतिले ती बालबालिकालाई भर्ना गरेका हुन । खजुरा लगायत अन्य स्थानीय तहमा बिद्यार्थी भर्ना अभियानलाई तिब्रता दिइएको छ ।
