मेडिकल कलेजले कोरोनाको निःशुल्क उपचार गर्ने

सदरलाइन संवाददाता ७ जेष्ठ २०७८, शुक्रबार १७:३२
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कोरोनाको निःशुल्क उपचार गर्ने भएको छ । पश्चिम नेपालमै बाँकेको भेरीसहित मेडिकल कलेजले कोरोनाका विरामीहरुको उपचार गर्दै आएको छ ।

मेडिकल कलेजका निर्देशक नितेश कुमार कनोडियाको व्यवस्थापनमा नेपाल सरकारको मापदण्डअनुसार उपचार निःशुल्क गरेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


योसँगै मेडिकल कलेज कोहलपुरले कोरोनाका विरामका लागि तप बेडको समेत व्यवस्थापन गरेको छ । कलेजले कोभिड वार्डमा क्षमता विस्तार गर्दै ४५ आइसियु बेडसहित १३० बेड तयार गरेको छ । यसअघि कलेजमा ११५ बेडमा उपचार हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्माद्धारा अन्जनी माता रसोईलाई खाद्यान्न सहयोग

७ जेष्ठ २०७८, शुक्रबार १७:३२
नेपालगञ्ज : कोरोना भाईरस (कोभिड–१९) को संक्रमितहरुको लागि साँझा बिहान खानाको व्यवस्था गर्दै आईरहेको मित्र मण्डल सुन्दरकाण्डद्धारा सञ्चालित अन्जनी माता रसोई घरलाई मानवीय कार्यमा समर्पित सहयोगी हातहरुको सहयोगको क्रम जारी रहेको छ । कुर्मी वर्मा सहयोगी हात बाँकेद्वारा अन्जनी माता रसोई घरलाई आज शुक्रबार खाद्यान्न सहयोग गरिएको जानकारी गराउँदै कुर्मी […]

सम्बन्धित