मालपोतका चार शाखा अधिकृत बाटोमै हराए

६ जेष्ठ २०७६, सोमबार १६:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कर्मचारी अभावका कारण दुई महिनादेखि अस्तब्यस्त रहेको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा सरुवा भएका चारजना शाखा अधिकृत डेढ महिनासम्म पनि कार्यालयमा हाजिर भएका छैनन् ।
चारजना शाखा अधिकृतको सरुवाको पत्र कार्यालयमा आएको भएपनि लामो समयसम्म कर्मचारी भने हाजिर हुन आएका छैनन् । उपसचिव कार्यालय प्रमुख बाहेक ५ जना शाखा अधिकृतको दरबन्दी छ । तर दुई महिनादेखि एकजना पनि शाखा अधिकृत नभएपछि दैनिक कामकाजमा समस्या उत्पन्न भएको छ ।
जसका कारण कार्यालय प्रमुख प्रेम दौल्यालमाथी कामको चाप बढेको छ । सरकारी जग्गा ब्यक्तिको नाममा किर्ते गरेको अभियोगमा पहरी पक्राउ गरेका कर्मचारीहरु जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको कामकाज प्रभावित भएको छ ।
घटनामा संलग्नताको आरोप लागेका चारजना शाखा अधिकृत, २ जना खरिदार, २ जना कम्प्युटर अप्रेटर, शाखा अधिकृत र कार्यालय सहयोगी १/१ जना गरि १० जना कर्मचारी छन् । शाखा अधिकृत नभएपछि तोक, सनाखत प्रमाणीकरणदेखि लिएर मुद्दा फाँटसम्म प्रमु्ख दौल्यालले हेर्दै आएका छन् ।

Next Post

कुकुरको सहयोगमा लागूऔषधसहित सात पक्राउ

६ जेष्ठ २०७६, सोमबार १६:०८
सदरलाइनडटकम, नेपालगञ्ज : प्रतिबन्धित लागूऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो प्रदेश नं. ५ नेपालगञ्जको टोलीले उनीहरुलाई सोमवार नेपाल भारत नाका जमुनहाबाट पक्राउ गरेको हो । लागूऔषध सम्बन्धि विज्ञ कुकुरको सहायोगले प्रतिबन्धित लागू पदार्थसहित सात जनालाई नियन्त्रणमा लिएको ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले […]