२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

मुस्लिम समुदायको इद आज धुमधामका साथ मनाईदै



 फाईल फोटो : यो फोटो २ वर्ष अघि अवस्था सहज भएको बेलाको हो । तर यसवर्ष कोभिडको कारण घरघरमै नमाज पढिएको नेपालगञ्जका ईस्लामिक धर्मगुरुले जनाएका छन ।सम्पादक

फाईल फोटो : यो फोटो २ वर्ष अघि अवस्था सहज भएको बेलाको हो ।तर यसवर्ष कोभिडको कारण घरघरमै नमाज पढिएको नेपालगञ्जका ईस्लामिक धर्मगुरुले जनाएका छन । सम्पादक

नेपालगञ्ज : ईस्लाम धर्मावलम्वीहरू एक महिना लामो उपबास समाप्त गरी महान पर्व ‘इद उल फित्तर’ (इद) आज धुमधामसँग मनाउदै छन्् । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा (उपावास) बसेका थिए । ईस्लिामक पात्रो अनुसार रमदान महिना भरी उपबास ( रोजा) बसेर चन्द्रमा हेरेर अर्काेदिन इद मनाउने चलन रहेको छ ।

एक महिना लामो उपबास पछि चन्द्रमा हेरेर स्थानीय इदगाह मस्जिदमा सामुहिक रुपमा नमाज पढेर इद मनाउने चलन भएपनि कोरोना संक्रमणको कारण घरमै सबै धार्मिक प्रकृया पुरा गरी इस्लामिक समुदायले इद मनाउन सुरु गरेका हुन ।

रमजान ईस्लामिक क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता भएको मदरसा दरुल उलुम बरकातिया माविका प्रधानाध्यापक समेत रहेका मौलाना ज्याउल मुस्तफा नूरानी बताउन छन् । उनले हिजो बैशाख ३० गते चाँद देखिएकोले आज ३१ गते ईद मनाईएको बताए ।

यसैगरी नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी ३० गते नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ आज मनाउन सूचना जारी गरेको थियो ।

खाडी मुलुकमा भने हिजै ‘इद’ धुमधामसँग मनाएको छ ती देशहरूमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन् । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार सेबइ, लगायत मिठा–मिठा खानेकुरा विभिन्न प्रकार, फलफूल आदि खाने भएकोले यसलाई मिठी इद समेत भन्ने गर्दछन् ।

प्रकाशित मिति : २०७८ वैशाख ३१ गते शुक्रबार
ताजा समाचार