ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ

सदरलाइन संवाददाता २३ श्रावण २०८०, मंगलवार १३:०७
 

नेपालगञ्ज : बाँकेमा २२ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

भे ४ प २१४३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालगञ्ज आउँदै गरेका नेपालगञ्ज १४ का कलामुद्दिन शेष र प्रमोद गिरीलाई २२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।


उनीहरुले हेलमेटभित्र ब्राउनसुगर लुकाएर ल्याइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई चौलिक्का चोकबाट नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा नापतौल यन्त्र तथा नवीकरण शिविर सञ्चालन

२३ श्रावण २०८०, मंगलवार १३:०७
नेपालगञ्ज : नापतौल यन्त्र दर्ता तथा नवीकरण सम्बन्धी शिविर सोमबारदेखि कोहलपुरमा शुरु भएको छ । कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जको समन्वयमा उक्त शिविरको शुरु भएको हो । शिविर साउन २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कोहलपुरमा हाल दुई हजार पाँच सय […]