धुमधामका साथ मनाईयो ‘मोहम्मद डे’ (फोटो कथा सहित)

रुद्र सुवेदी ३१ भाद्र २०८१, सोमबार १७:५७
 

नेपालगञ्ज  : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको १४९९औ जन्मदिन ‘मोहम्मद डे’ सोमबार बाँकेको नेपालगञ्जमा निकालिएको जुलुस धुमधामका साथ सम्पन्न भएको छ ।

मुस्लिम अगुवा मोहम्मद हरुण हल्वाईले ईस्लामिक क्यालेण्डर हिजरी संम्वतको तेस्रो महिना रवि उल अव्वलको अरबी १२ तारिखका दिन पर्ने यो पर्व सोमबार बिहान हातमा मदिना झण्डासंगै नेपाली रष्ट्रिय झण्डा लिएर बालबालिका, युवालगायतका मुस्लिम समुदायका व्यक्तिहरु जामामस्जिद अगाडिबाट मोहम्मदी जुलूस निकाल्दै नेपालगञ्जका विभिन्न भागहरुमा परिक्रमा गरि गौसिया मस्जिद पुगेर समापन गरी मनाईएको जानकारी दिए ।


यसअघि मोहम्मद डे को अवसरमा नेपालगञ्जमा गल्ली र सडकहरु सजाईएको थियो । धार्मिक प्रवचन, घरटोल र मस्जिदलाई सजाउदै ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको शुभ जन्मोत्सव अर्थात मोहम्मद डे मा धुमधामका साथ मनाईएको छ ।

नेपालगञ्जमा निकालिएको झाँकीमा बालबालिका जेष्ठ नागरिक, युवा बालबालिकाहरुको सहभागिता रहेको थियो । उनीहरु आफ्नो धर्मका अन्तिम प्रवर्तकको सन्देश प्रचारकको रुपमा र हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमले दिएको अमन र शान्तिको सन्देशलाई फैलाउन जुलुसमा सहभागि भएको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश : निजामती सेवा ऐेन संशोधन विधेयक पारित

३१ भाद्र २०८१, सोमबार १७:५७
दाङ : लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गरेको प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । प्रदेश सभाको गत शुक्रवार बसेको बैठकमा पेश भको संशोधन विधेकमा […]

सम्बन्धित