बस दुर्घटनामा ९ महिने शिशुको मृत्यु

सदरलाइन संवाददाता २६ पुष २०७८, सोमबार १३:१८
 

नेपालगञ्ज : दाङमा सोमवार विहान बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ । भारतको मोतिहारी जिल्ला बस्ने असिर आलकका ९ महिने छोरा नानु आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दोलाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार रहेका ८ जना यात्रु घाइते भएका छन् ।

घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए। बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल गएर पल्टिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका एघार जनामा कोभिड पुष्टि

२६ पुष २०७८, सोमबार १३:१८
नेपालगञ्ज : बाँकेमा सोमवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ३५ नमुना जाँच्दा ९, मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ र बागेश्वरी […]