प्रशासनको कडाईपछि नेपालगञ्ज नाका सुनसान

सदरलाइन संवाददाता ५ बैशाख २०७८, आईतवार १५:२५
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले कडाई गरेपछि नेपालगञ्ज नाका सुनसान भएको छ । किनमेलका लागि भारतीय सीमा बजार रुपइडिहा आउजाउ गर्दा सर्वसाधारणमा कोरोना संक्रमण हुनसक्ने खतरालाई दृष्टिगत गर्दै बाँके प्रशासनले किनमेलका लागि भारतीय सीमा बजार रुपइडिहा जान रोक लगाएपछि नेपालगञ्ज नाका सुनसान भएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई विष्णु गिरिले बताए ।

उनले भारतीय बजारमा जान रोक लगाएपछि किनमेलका लागि सर्वसाधारण आउने क्रम घटेको जानकारी दिए । किनमेलका लागि रुपइडिहा जानेको शनिवार नेपालगन्ज नाकामा ठूलो भीड लाग्ने गरेको थियो । औषधि खरिद र उपचारका लागि बाहेक अन्य प्रयोजनका लागि भारत जान रोक लगाइएको छ ।

‘औषधि खरिद र उपचारको बहानामा भारतीय बजार छिरेर फर्किदा मालसामान लिएर आए त्यस्ता बस्तु जफत गरिन्छ,’ उनले भने, कुनै बहानामा भारतीय बजारमा गएर सामान किन्ने कसैलाई छुट छैन ।’


जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रवार भारतीय सीमा बजारबाट किनमेल गरेर ल्याएको ठूलो परिमाणको खाद्य बस्तु नेपालगन्ज नाकाबाट नियन्त्रणमा लिएको थियो । घरायसी प्रयोगका लागि ल्याउन लागेको सामान नियन्त्रणमा लिएको भन्दै सर्वसाधारणले प्रहरीको गाडी माथि आक्रमण प्रयास समेत गरेका थिए ।

सामान किनमेलका लागि नाकाबाट एक जना पनि छोडेका छैनौँ । सामान जफत गरेपछि किनमेलका लागि भारतीय बजार जान सर्वसाधारण डराएका छन्,’ सई गिरिले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीब्र गतिमा फैलिएको संक्रमण नियन्त्रणका लागि अनिबार्य ‘लकडाउन’

५ बैशाख २०७८, आईतवार १५:२५
नेपालगञ्ज  :  बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । संक्रमण दर उच्च हुँदै जाँदा अवस्थालाई भयावह हुन नदिन तत्काल बाँकेमा ‘लकडाउन’ गर्नुपर्ने चिकित्सकको सुझाव भएपनि निर्णायक तहले भने सुनुवाई नगरेको गुनासो छ । भेरी अस्पतालले आईतबार दिउँसो १२ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार बितेको २४ घण्टामा भेरीको […]

सम्बन्धित