तीन जना पत्रकारलाई जानकीद्वारा सम्मान

सदरलाइन संवाददाता ३१ चैत्र २०७७, मंगलवार १६:५१
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले ३ जना पत्रकारलाई सम्मान गरेको छ । गाउँपालिकाको कार्यालय परिसरमा मंगलबार आयोजना गरेको वडा नं. ४ लाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रमका अवसरमा बालविवाहविरुद्ध समाचार लेखेर योगदान गरेको भन्दै नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदी, कान्तिपुर दैनिकका संवाददाता रुपा गहतराज र हाम्रो समाचार दैनिकका सम्पादक भेषराज बस्नेतलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँके, किशोरी क्लब, बाल क्लबलगायतका एक दर्जनभन्दा बढी सामाजिक संघसंस्थाहरुलाई पनि सम्मान गरिएको थियो । जानकी गाउँपालिकाको वडा नं. ४ पनि मंगलबार बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।


जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव, गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल र वडा नंं. ४ का वडा अध्यक्ष विसराम वर्माले संयुक्त रुपमा वडालाई बालविवाह मुक्त घोषणा गरेका थिए । यसअघि खजुरा–३, बैजनाथ–१, कोहलपुर–१२ र १३ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।

जिल्लामा बालविवाह मुक्त वडा घोषणाका लागि प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा स्याक नेपाल बाँकेले २ वर्षदेखि जिल्लाका ८ वटै स्थानीय तहमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।

Next Post

बीस वर्षपछि घर फर्के विज्ञान कोइराला

३१ चैत्र २०७७, मंगलवार १६:५१
नेपालगञ्ज : बाँकेमा भेटिएका विज्ञान कोइराला २० वर्षपछि घर गएका छन् । यही चैत २४ गते बाँकेको नेपालगञ्जमा आफ्नो गाउँ खोज्दै भौतारिएका विज्ञानलाई मंगलवार प्रहरीको रोहवरमा घर पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको घर खोटाङको जन्तेढुङगा गाउँपालिका वडा नं. ५ रहेको छ । तर उनको परिवार अहिले […]

सम्बन्धित