पोखरा पल्टन बन्यो पिपिएलको बादशाह

२० कार्तिक २०७५, मंगलवार १४:५२
 

सदरलाइनडटकम,
पोखरा : पोखरा प्रिमियर लिगको उपाधि स्थानीय क्लब पोखरा पल्टनले जीतेको छ । पोखरामा मंगलवार सम्पन्न फाइनल खेलमा शरद भेषवाकरको नेतृत्वमा रहेको पोखराले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई तीन विकेटले पराजित गरेको हो ।
चितवनले दिएको १६० रनको लक्ष्य पोखराले ७ विकेटको क्षतिमा पूरा गरेको हो । पोखराका लागि रविन्द्र सिंहले सर्वाधिक ९० रन बनाए । पोखराका लागि मोहम्मद नवीले २५ र कप्तान शरद भेषवाकरले २२ रन बनाएका थिए ।
चितवनका लागि भुवन कार्कीले दुई विकेट लिए भने पारस खड्का, सन्नी पटेल र करन केसीले एकएक विकेट लिएका थिए । चितवनले १६० रन बनाउने क्रममा कप्तान पारस खड्काले ५१ रन, सन्नी पटेलले ४३ रन र अनिल साहले ३७ रन बनाएका थिए ।
पोखराका लागि कृष्ण कार्कीले दुई तथा ललित राजवंशी र मोहम्मद नवीले एकएक विकेट लिएका थिए । यो जितसँगै पोखराले उपाधिसँगै २७ लाख रुपैयाँ जितेको छ भने उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको छ ।

Next Post

नेपालगञ्जको विकासको लागि प्रदेश सरकार तयार छ : मुख्यमन्त्री पोखरेल

२० कार्तिक २०७५, मंगलवार १४:५२
सदरलाइन / सपना विष्ट नेपालगञ्ज : ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जको विकासको लागि प्रदेश सरकार हर क्षेत्रमा सहयोग गर्न तयार रहेको बताएका छन् । नेपालगञ्ज उप–महानगरको वडा नं. ८ मा रहेको रानी तलाउको पुन निर्माण गरी जलविहारको लागि उद्दघाटन गर्दै सो कुरा बताएका हुन । उनले नेपालगञ्जको ऐतहासिक […]