सदरलाइनडटकम
३ चैत, कोहलपुर (बाँके) : कोहलपुर क्षेत्रमा रहेका महिला स्वयंसेविकालाई आयुर्वेदका बारेमा दुईदिने अनुशिक्षण कार्यक्रम गरिएको छ ।
आयुर्वेद औषधालय कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा महिला स्वयंसेविकालाई सो अनुशिक्षण गरिएको हो ।
दुई चरणमा संचालन भएको कार्यक्रममा आयुर्वेद औषधालयले प्रवाह गर्ने सेवा र स्थानीय जडिबुटिहरुको बारेमा जानकारी दिईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कोहलपुर नगर क्षेत्रभित्रका ७१ जना महिला स्वयंसेविकालाई पहिलो पटक आयुर्वेद औषधि र त्यसको प्रयोग बिधिका बारेमा जानकारी दिएको श्रेष्ठले बताए ।
अनुशिक्षणमा सहभागि भएका स्वयंसेविकाहरुले आयुर्वेदका सम्बन्धमा थप ज्ञान हासिल भएको भन्दै खुसी ब्यक्त गरेका थिए ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)