खजुरा गापामा शिक्षा नियमावली पारित

२७ चैत्र २०७४, मंगलवार १८:२७
 


सदरलाइनडटकम
२८ चैत, नेपालगन्ज :  खजुरा गाउँपालिकाको दोस्रो गाउँसभाले खजुरा गाउँपालिकाको शिक्षा नियमावली २०७४ पारित गरेको छ । विधेयक समितिका संयोजक तिलकवीर सुनारले सभामा प्रस्तुत गरेको १६ भाग र १५ अनुसूचीसहितको शिक्षा नियमावली संसोधनसहित पारित गरिएको
हो ।
संक्षिप्त नाम र परिभाषा, विद्यालय खोल्न अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्था, गाउँ कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत तथा निरीक्षकको काम कर्तव्य र अधिकार, गाउँपालिका शिक्षा समितिको गठन, काम, कर्तव्य अधिकार, विद्यालय व्यवस्थापन समिति व्यवस्था, पाठ्यक्रम तथा परीक्षा संचालन र समन्वयलगायतका भाग र अनुसूचीसहितको शिक्षा नियमावली पारित भएको हो । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले कार्यविधि तथा ऐन पारित गरेसंगै गाउँपालिकाबाट सेवा प्रवाह गर्न सहज हुने
बताए ।
यसअघि खजुरा गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन–२०७४, गाउँपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, खजुरा गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, खजुरा गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, न्यायिक समितिले उजुरी कारवाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन र विशेष अनुदान बजेट व्यवस्थापन कार्यविधि २०७४ पारित गरिसकेको छ । पारित ऐन राजपत्रमा छिट्टै प्रकाशन गरिने खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले बताइन ।

Next Post

बर्दियाली महिला बाँकेमा मृत अबस्थामा फेला

२७ चैत्र २०७४, मंगलवार १८:२७
सदरलानडटकम २८ चैत, नेपालगन्ज :  बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क स्थित एक महिलाको शब फेला परेको छ । बर्दिया बाबानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी २८ बर्षिया कल्पना शाही नाम गरेकी महिला मृत अबस्थाम फेला परेकी हुन । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरन्जन घिमिरेका अनुसार उनी […]