नेपालगञ्ज : जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपालगञ्जका व्यवसायीहरुले सहयोग गरेका छन् ।
सहयोगको अपील गर्दै नेपालगन्ज आइपुगेका रंगशाला निर्माणका अभियानता सिताराम कट्टेल – धुर्मुस)लाई रंगशाला निर्माण अभियानको लागि १ लाख रुपैयासम्म सहयोग प्रदान गरेका छन् ।
कुर्सी अबधारणा अन्तर्गत बिमल ढकाल, बिस्णु बहादुर रिमाल ,नारायण पङ्गेनी ,झबिन्द्र मरासिनी र जिवनारायण बेलबासेले क्रमशः एक÷एक लाख प्रदान गरेका छन् ।