सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी बिहीवार १ सय ६५ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको थियो ।
जेठ ११ गते प्रदेशसभाको बैठक आव्हान गरिएकोले सबै जनाको कोरोना परीक्षण गराइएको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सबैको रिपोर्ट नेगेटिभ आएकोले निर्धारित मितिमा बैठक शुरु हुने बताए ।
यस्तै सामाजिक विकास मन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड १९ विरुद्ध अपनाउनु पर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने जिकिर गरे ।
