नेपालगञ्ज–१८ मा सडक निर्माणमा तीब्रता

सदरलाइन संवाददाता ७ फाल्गुन २०८०, सोमबार १८:१५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ ले पूर्वाधार विकासलाई जोड दिएको छ । उक्त वडाले अघिल्लो वर्ष निर्माण हुन नसकेका स्थानमा सडक निर्माणलाई तीब्रता दिएको हो ।

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वडाले कारकाँदो बईपास रोड खानेपानी ट्यांकी भगवती टोलको भित्री सडक निर्माणका लागि टोलबासीको उपस्थितिमा आर सी सी नाला, पी सी सी सडक तथा केहि भागमा माटो तथा ग्रबेलको काम शुरु गरेको वडाध्यक्ष दिपक वर्माले जानकारी दिए । उक्त पूर्वाधार निर्माणका लागि ३० लाख बजेट विनियोजन भएको छ ।


यस्तै यही टोलको मुल सडकको निर्माणको काम भने संघीय सरकारको रु १ करोडको लागतमा निर्माण भइ रहेको पनि उनले जानकारी दिए । जसको शिलान्यास यसै आर्थिक बर्षमा एक महिना अगाडि मात्रै गरिएको थियो ।

अहिले उक्त सडकको निर्माण पनि तीब्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्षमा वडाको विभिन्न टोल बस्तीमा सडक स्तर उन्नतिको कार्य भइ रहेको उनले बताए । ‘अझ आधा दर्जन भन्दा बढी सडकको शिलान्यास हुन बाँकी छ’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका सडकमा बेवारिसे छाडिँदै पशु

७ फाल्गुन २०८०, सोमबार १८:१५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर–पालिकामा पटकपटक छाडा पशुको व्यवस्थापनको विषय उठ्ने गरेको छ । सामाजिक सञ्जाल होस् वा उपमहानगरपालिकाले गर्ने सार्वजनिक सुनुवाई छाडा पशुचौपाया व्यवस्थापनको विषय उठ्ने गरेको छ । नगरमा फेला पर्ने छाडा छाडिएका मध्ये अधिकांस गाई, गोरु हुने गरेका छन् । गाई पाल्ने र दुध दिन पछि छाड्ने, साँढे पाल्ने कृषि […]

सम्बन्धित