डुडुवाको गत आर्थिक बर्षमा झण्डै ६२ लाख इन्धनमा खर्च

सदरलाइन संवाददाता २१ पुष २०८०, शनिबार १५:३६
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिको कार्यालयले इन्धनमा मात्रै गत आर्थिक बर्षमा झण्डै ६२ लाख रकम खर्च गरेको पाईएको छ ।

स्रोतका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा मात्रै कार्यालय प्रयोजन, पदाधिकारी र अन्य प्रयोजनको शिर्षक राखि पेट्रोल र डिजल प्रयोगमा मात्रै बार्षिक ६१ लाख ६१ हजार ८२२ रुपैयाँ खर्च गरेको पाईएको हो ।

पालिकाले इन्धन खर्चमा चरम दुरुपयोग गरेको पाईएको छ । इन्धनमा भएको खर्च विवरण मासिक वितरण प्रणालीअनुसार रहे पनि गाउँपालिकामा रहेका सवारीसाधनहरूमा विभिन्न समयमा प्रयोग भएको इन्धन खर्चको लगबुक नराखेको अवस्था छ । पालिकाले इन्धन खर्चको मापदण्ड नबनाई खर्च लेख्दा इन्धनमा व्यापक अनियमितता भएको देखिन्छ ।


गाउँपालिका कार्यालयमा पालिका अध्यक्षदेखि कार्यालय सहयोयीसम्मले आफ्नो सुविधाअनुसार इन्धनको खपत गर्दै आएका छन् ।

इन्धन भुक्तानीको विवरण हेर्दा भारतीय नम्बर प्लेटका गाडीदेखि निजी नम्बर प्लेटका गाडीहरूमा इन्धनको नाममा पेश भएको बिलअनुसार भुक्तानी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लगानी असुल्न ऋणीबिरुद्ध अदालत जाने उपमहानगरपालिका

२१ पुष २०८०, शनिबार १५:३६
नेपालगञ्ज : आर्थिक वर्ष २०७५/०७६ बाट बिपन्न समुदायलाई व्यवसाय गर्न दिँदै आएको कर्जा फिर्ता गर्न नेपालगञ्ज उपमहागरपालिका अदालत जाने भएको छ । भाखा नाघेका ऋणीका हकमा ३५ दिने सूचना जारी गर्दै उपमहानगरपालिकाले त्यस अवधिमा पनि ऋण नतिरे गरिबसंग स्थानीय सरकार संचालन कार्यविधि अनुसार अदालतमा मुद्दा दायर गरी असुल उपर गर्ने […]

सम्बन्धित