बाँकेको खजुरा–७ मा प्रसुती गृह निर्माणपछि हस्तान्तरण

सदरलाइन संवाददाता १३ माघ २०७७, मंगलवार १९:४१
 


खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा नव निर्मित प्रसुती गृह उद्घाटनसंगै गाउपालिकालाई हस्तान्तरण गरिएको छ ।

सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण भएको प्रसुती भवनको उद्घाटन गर्दै कार्यवाहक अध्यक्ष एकमाया विकले सुरक्षित रुपमा सुत्केरी गराउनका लागि बर्थिङ सेन्टरले टेवा पुग्ने बताइन ।

उनले वडा नं. ७ जहाँ मुस्लिम र मधेशी बाहुल्य बस्ती छ त्यहाँ निर्माण भएकोे भवन उपयोगी सिद्ध भएको उल्लेख गर्दै भिडियो एक्सरे लगायतका आवश्यक थप स्वास्थ्य सामाग्री उपलब्ध गराउन सम्बद्ध सहयोगी दातालाई आग्रह गर्दै कार्यवाहक अध्यक्ष विकले स्थानीय सरकार र सहयोगी संस्थाको सहकार्य र समन्वयबाट अगाडि बढ्नु पर्नेमा जोड दिइन ।


कार्यक्रममा बोल्दै आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डा. घनश्याम भट्टले देशभर ६० ठाउँमा यस्ता बर्थिङ सेन्टर निर्माण गरेको बताए । कार्यक्रममा आड्रा जापानकी युका ओनिसी, इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले प्रसुती भवनको सही सदुपयोग गर्दै दीगोरुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गरे । भवरभवानी निर्माण सेवाले १८ लाख ४१ हजार लागतमा निर्मित प्रसुती भवनको ५ महिनामा निर्माण सम्पन्न गरेको हो ।

नवजात शिशु तथा बालसुधार परियोजना अन्तरगत सो प्रसुती भवनको निर्माण गरिएको भवनको कागजपत्र आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डा. भट्टले खजुरा गाउँपालिका कार्यवाहक अध्यक्ष विकलाई हस्तान्तरण गरेका थिए ।

Next Post

बाँकेमा पनि कोरोना खोप लगाउन शुरु

१३ माघ २०७७, मंगलवार १९:४१
नेपालगञ्ज : बाँकेमा पनि कोरोना विरुद्ध खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पताल नेपालगञ्जलाई कोरोना खोप हस्तान्तरण गरेपछि खोप लगाउन शुरु गरिएको हो । जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापालाई खोप हस्तान्तरण गर्नुभएको थियो । बाँकेमा पहिलो खोप […]

सम्बन्धित