माओवादी केन्द्रमा निर्वाचन क्षेत्र नं. २(क)बाट अग्रवालको चर्चा

२ कार्तिक २०७४, बिहीबार १९:३३
 

सदरलाइनडटकम  
२ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने संघ र प्रदेस सभाको निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेस सभाको लागि बाँके निर्वाचन क्षेत्र नं. २ (क) मा नेपालगन्जका युवा नेताहरुको दह्रो दावेदारी रहेको छ ।
एमाले माओवादी केन्द्र र स्वतान्त्र राजनीतिक समूहका बीचमा भएको चुनावी कार्यगत एकता अनुसार ३ निर्वाचन क्षेत्र रहेको बाँकेमा संघमा एमाले र स्वतन्त्र राजनीतिक समूहको भागमा परेकोले माओवादी केन्द्रले प्रदेस सभामा दावी गर्दै आएको हो ।
माओवादी केन्द्रले सो निर्वाचन क्षेत्रबाट गेहराज रिजाल नविन, अकलबहादुर बम, डिल्लीप्रसाल बराल अमिर, आदेश अग्रवाल, फिरोज अहमद अन्सारी, ललित रौनियार र अक्रम अन्सारीको नाम सिफारिस भएको जानकारी आएको छ ।
माथिका नामहरु मध्यमा आदेश कुमार अग्रवाल, डिल्ली प्रसाद बराल अमिर र गेहराज रिजाल नविनको दह्रो दावेदारी रहेको जानकारीमा आएको छ । ‘नयाँ प्रवेशीहरु मध्यबाट एकजनालाई टिकट दिने सहमति भएको कारणले पनि आदेशजीको दाबेदारी अलि दह्रो छ’–माओवादी केन्द्रका एक नेताले सदरलाइनडटकमलाई भने ।
उसोत निर्बाचन क्षेत्र नं. २ को संघमा सिफारिसमा परेका अतहर हुसेन फारुकी, दामोदर आचार्यलगायतका नेताहरुको व्यवस्थापनको लागि पर्टीभित्र निक्कै समस्या देखिएको छ । अल्पसंख्यक माडवाडि समुदायबाट प्रतिनिधित्व गर्ने अग्रवाल मधेशी तथा मुस्लिम समुदायमा लोकपृयता हासिल गरेका युवा नेताको रुपमा पहिचान बनाउन सफल छन् ।


नेपालगन्ज उद्योग बाणिज्य संघको कोषाध्यक्ष समेत रहेका युवा नेता अग्रवालका पक्षमा पार्टीभित्र दह्रो लविङ्ग समेत भई रहेको र उनको पक्षमा माहोल समेत बन्दै गएको जानकारीमा आएको छ । माओवादी केन्द्र बाँकेका प्रचार विभाग प्रमुखका रुपमा पार्टीमा कार्यरत डिल्ली बराल र नविन पनि पार्टीमा लामो योगदान दिएका युवा नेता हुन ।
नेपालगन्ज मधेशी मुस्लिम समुदायको बाक्लो बस्ती रहेकोले पनि मधेशी र मुस्लिमको प्रतिनिधित्व हुने गरी उम्मेदवार तय गर्ने तयारीमा नेताहरु लागेको माओवादी केन्द्रका नेता तथा प्रचार विभाग प्रमुख डिल्ली बरालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धम्बोझीमा रहेको कमल होलसेलतथा फेन्सी पसलमा शुक्रबार बिहान आगलागी

२ कार्तिक २०७४, बिहीबार १९:३३
सदरलाइनडटकम  ३ कात्तिक, नेपालगन्ज : विद्युतको सर्टसक्रिटका कारण नेपालगन्जको धम्बोझीमा रहेको एक फेन्सी पसलमा शुक्रबार बिहान सवा एक बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, नेपालगन्ज उप– महानगरपालिका–२ धम्बोझीमा कमल विकले सञ्चालन गरेको कमल होलसेल तथा फेन्सी पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो । […]