कृष्णा ताजा तरकारी उत्पादन कृषक समुह हिरमिनियाको तेस्रो सार्वजनिक सुनुवाई

१४ चैत्र २०७३, सोमबार १८:२७
 

सदरलाइनडटकम       
१४ चैत, नेपालगन्ज : कृष्णा ताजा तरकारी उत्पादन कृषक समुह हिरमिनियाको तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । समुहकी अध्यक्ष कुष्णा देवि खटिकको अध्यक्षतामा भएको कार्यक्रममा आयव्यय समेत प्रस्तुत गरिएको थियो ।
जिल्ला कुषि बिकास कार्यालय बाँकेका मत्स्य विकास अधिकृत वसिर अहमद खाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २१ लाख २० हजारको आय व्यय प्रस्तुत गरिएको थियो ।
साना तथा मझौला कुषक आयस्तर बृद्धि आयोजनाको आर्थिक अनुदान सहयोगमा सञ्चालित खायन आलुको व्यावसायिक उत्पादन उपआयोजना अन्तरगत सञ्चालित कार्यक्रममा सरकार अन्तरगत रिजम एफपीको ९ लाख ३२ हजार ६ सय ७० र कृषक समुहको ११ लाख ८६ हजार ३ सय २० रुपैयामा उक्त उपआयोजना सञ्चालन भएको हो ।
कार्यक्रममा कृषक जयपाल मौर्यले आयव्यय प्रस्तुत गदै १ हजार ७ सय ४० क्विन्टल आलु उत्पादन गर्ने लक्ष्य रहेकोमा १ हजार ९ सय ८८ क्विन्टल उत्पादन गरिएको आलु २२ लाख २३ हजार ८ सय ५० रुपैयाँमा बिक्री गरिएको जानकारी दिए ।
कार्यक्रममा नमुना कृषि सेवा केन्द्र उदयपुरका प्रमुख निर्मल रेग्मी, रिजम एफपीका चुटराज गुरुङ, पार्वती घिमिरे, दिपलाल चौधरी, सालिक राम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुरे क्षेत्रको दोहनका कारण पहिरो जन्य खतरा बढी

१४ चैत्र २०७३, सोमबार १८:२७
सदरलाइनडटकम   १४ चैत, नेपालगन्ज  : चुरे क्षेत्रको दोहनमा बैज्ञानिक अध्ययन र अनुसंन्धान बिना नै थालिने विकास निर्माणका कारणले हुने गरेको नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले औल्याएका छन् । अत्याधिक र अबैज्ञानीक दोहनले बाढी र पहिरो बढि जाने सम्बन्धित क्षेत्रका विज्ञले औल्याएका छन् । त्रिभुवन विश्व विद्यालय केन्द्रीय बाताबरण विज्ञान […]

सम्बन्धित

ताजा अपडेट