मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध

१६ फाल्गुन २०७५, बिहीबार ०७:४८
 

कास्की, : नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ ।

अध्यक्ष हितराज पाण्डेले बुधबार साँझ जारी गर्नुभएको शोक वक्तव्यमा संविधानसभाको विकास समितिको सभापति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा अधिकारीले आफूलाई अग्रणी रूपमा स्थापित गर्नुभएको बताउनुभएको छ ।

मन्त्री अधिकारीले निर्वाह गर्नुभएको भूमिका मुलुक तथा विशेषगरी गण्डकी प्रदेशले सधँै सम्झिरहने वक्तव्यमा उल्लेख छ ।


अधिकारीको निधनबाट पार्टी र देशले एक होनहार सिर्जनशील, लोकप्रिय युवानेता तथा विकासप्रेमी जनप्रतिनिधि गुमाएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा नेपालको कम्युनिष्ट आन्दोलनमा मन्त्री अधिकारीले पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि तथा उहाँहरुका शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरिएको छ । रासस

Next Post

आँखाको सेवा लिने ९५ प्रतिशत भारतीय

१६ फाल्गुन २०७५, बिहीबार ०७:४८
चितवन, : नेपाल नेत्रज्योति सङ्घ चितवनले पर्साको ठोरीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रमा सेवा लिन आउने बिरामी अधिकांश भारतीय नागरिक रहेका छन् । सङ्घले विसं २०७२ देखि आँखा उपचार केन्द्र ठोरीको नाममा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ । अस्पतालमा दैनिक ५० देखि ६० उपचारका लागि आउने र तीमध्ये ९५ […]

सम्बन्धित