बाँके प्रहरीद्वारा अवैध सामान नियन्त्रणमा लिई भन्सारमा

सदरलाइन संवाददाता ५ आश्विन २०७८, मंगलवार १६:४८
 

नेपालगञ्ज : भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउदै गरेको करिव पौने ३ लाख रुपैयाँ बराबरको समान बाँके प्रहरीले नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सारमा बुझाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ बाट अवैध रुपमा नेपाल भित्र्याएका लत्ताकपडा, चिनी र हार्डवेयर लगायतका विभिन्न समानहरु सोमबार बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको सो सामाग्रीहरु २ लाख ८६ हजार ७ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको सामान आवश्यक प्रक्रिया पुरा गरि थप कार्वाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्टीम एजुकेशन सम्बन्धी तीन दिने तालिम सम्पन्न

५ आश्विन २०७८, मंगलवार १६:४८
बर्दिया :  बर्दियाको राजापुर, ठाकुरबाबा, बारबर्दिया, गुलरिया, मधुवन नगरपालिका र गेरुवा गाउँपालिमा परियोजना संचालन भएका स्थानीय तहका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितिका पदाधिकारीहरुका लागि स्टिम एजुकेशन सम्बन्धी तीन दिने क्षमता बिकास तालिम सम्पन्न भएको । विद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले गत आइतवारदेखि ठाकुरद्वारामा आयोजना गरिएको तीन दिने स्टीम एजुकेशन […]