ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ

सदरलाइन संवाददाता २ कार्तिक २०७७, आईतवार १६:२०
 

नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ परेका छन् । नेपालगञ्ज १८ का प्रदिप खटिक र नेपालगञ्ज १६ जयसपुरकी २१ वर्षीया निशा खान लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

खटिकलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ उदयपुरबाट ४ ग्राम लागुऔषध ब्राउन सुगर र जयसपुरका बिलेदार खानकी २१ बर्षीया छोरी निशालाई भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा १४ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सादा पोशाकमा रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक बमबहादुर रावलको नेतृत्वमा खटिएको टोली र लागुऔषध नियन्त्रण व्यूरोका प्रहरी नायब निरीक्षक प्रेमबहादुर अधिकारीसहितको संयुक्त प्रहरी टोलीले खटिकलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।


यस्तै सिमा प्रहरी चौकी जयसपुरका प्रहरी नायव निरीक्षक मिनबहादुर बिष्ट नेतृत्वको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ वडा कार्यालय चोकबाट निशालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Next Post

वागेश्वरी क्याम्पसमा ‘सहायता कक्ष’ सञ्चालन

२ कार्तिक २०७७, आईतवार १६:२०
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको वागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । मंसीर १४ गतेबाट सञ्चालन हुन गईरहेको स्नातक र स्नातकोत्तर तहको परीक्षालाई लक्षित गर्दै क्याम्पस हाताभित्र सहायता कक्ष स्थापना गरिएको हो । कोभिड–१९ का कारण परीक्षा फाराम भर्न अलमलमा परेका विद्यार्थीहरुको सहजताकालागि हेल्प डेस्क सञ्चालन […]

सम्बन्धित