हात्तीपाईलेबिरुद्धको औषधी सेवनको ‘कभरेज’ निरासाजनक

सदरलाइन संवाददाता २८ फाल्गुन २०७९, आईतवार १४:२६
 

नेपालगञ्ज : १३ औं पटक अभियान सञ्चालन गर्दा पनि नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाईले बिरुद्धको औषधीसेवनको ‘कभरेज’ निरासाजनक छ । तर गाउँमा भने सन्तोषजनक पाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, यस बर्षको अभियानका क्रममा नेपालगञ्ज उपमहानगरपालिकामा औषधी सेवनको कभरेज ४७ प्रतिशत छ । तर कम विकास भएको मानिने नरैनापुर गाउँपालिकाकै कभरेज ६३ प्रतिशत पुगेको छ । जानकी गाउँपालिकाको ८१ प्रतिशत,कोहलपुर नगरपालिकाको ६९ प्रतिशत, खजुराको ७५ प्रतिशत, डुडुवाको ८१ प्रतिशत, बैजनाथको ७४ प्रतिशत र राप्तीसोनारीको कभरेज प्रतिशत ६९ रहेको छ ।

जति गर्दा पनि कभरेज बढ्न नसकेपछि निरास बनेको स्वास्थ्य कार्यालय बाँकेले सहयोगको अनुरोध गर्दै जिल्ला समन्वय समिति बाँकेलाई गुहार लगाएको छ ।

जनस्वास्थ्यको गुहारपछि हात्तीपाईले रोग निवारण जिल्ला स्तरीय समन्वय समितिको अध्यक्ष समेत रहेका समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधरीले शुक्रवार बृहद बैठक बोलाए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट सहित
जनप्रतिनिधि,स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि सहभागि बैठकमा खोप अभियान अभियानमा लागेका स्वास्थ्यकर्मीले पढेलेखेकै व्यक्तिबाट असहयोग भएको
दुखेसो पोखेका छन् ।

वडा नम्बर दुईमा खोप खुवाउने अभियानमा खटिएका एकजना स्वास्थ्यकर्मीले भने,–‘सर्बसधारण नागरिकले मज्जाले औषधी सेवन गरिरहेका बेला शहरमै नाम कमाएका डाक्टरले मेरो घरमा औषधी नल्याउनु भन्नुभयो । अब भन्नुहोस् हामी स्वास्थ्यकर्मी एक्लैले के गर्न सक्छौं ?’ ती स्वास्थ्यकर्मीले आवश्यक परे औषधी सेवन अस्वीकार गर्ने चिकित्सकको नाम सार्बजनिक गर्ने बताए ।


स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडैलले सबै उपाय अपनाउँदा पनि नेपालगन्ज शहरमै कभरेज नबढेपछि स्वास्थ्यकर्मीले ‘सरेन्डर’ गर्नुपर्ने अबस्था आएको भन्दै निरासा व्यक्त गरिन । ‘हाम्रा कर्मचारीले अनेक धम्कीको सामाना गर्नुपरेको छ । केही गर्दा पनि कभरेज नबढ्ने भयो ।’ पौडेलले भनिन–‘साच्चिकै भन्ने हो भने त हामी स्वास्थ्यकर्मीले सरेन्डर गर्नुपर्ने अबस्था आएको छ ।’

हात्तीपाई रोग निवारण अभियानको फोकल पर्सन दुर्गा गौतमका अनुसार, नेपालगन्जमा रहेको छ लाख १६ हजार जनसंख्यामा ५.५ प्रतिशतलाई हात्तीपाईले छ । यो अबस्था अन्त्यका लागि हरेक वर्ष अभियान सञ्चालन गर्दै आए पनि नेपालगञ्जमा यसको कभरेज ५० प्रतिशत भन्दा बढि हुन सकेको छैन । यस बर्ष सन्चालन भइरहेको अभियानका क्रममा नेपालगञ्जमा प्रगतिको अबस्था जम्मा ४७
प्रतिशत छ । अन्य पालिकाको कभरेजको अबस्था नेपालगञ्जको भन्दा राम्रो छ ।

आठ पालिका मध्ये सबैभन्दा कम कभरेज नेपालगन्जको छ भने त्यसपछि नरैनापुरकै ६३ प्रतिशत छ । ‘लगभग ८० प्रतिशतलाई ठिकै मान्न सकिन्छ तर नेपालगञ्जमै औषधी सेवनको कभरेज ५० प्रतिशत नाघेको छैन ।’– गौतमले भनिन् ।

औषधी सेवनका लागि राजनीतिक दल,धर्मगुरु र सामाजिक अभियानतालाई सक्रिय बनाइएको छ । तर पढेलेखेका व्यक्तिले नै औषधी सेवनले समस्या ल्याउँछ भन्दै
अफवाह फैलाएपछि अन्य व्यक्तिको समेत मनोबल बढेको पाइएको छ । तर भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईले बिश्वभर प्रमाणित भएको औषधीको सेवनले समस्या ल्याउँछ भन्नु भ्रम मात्र रहेकोले औषधी सेवन गर्न आग्रह गरेका
छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डम्बर रानाभाट स्मृती कप फुटबलको उपाधी न्यू दर्पणलाई

२८ फाल्गुन २०७९, आईतवार १४:२६
खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नं. ३ धौलागिरीमा हिमालय सामुदायिक क्लवद्वारा आयोजित डम्बर रानाभाट स्मृती कप फुटबल प्रतियोगिता २०७९ को उपाधी न्यू दर्पण युवा क्लव इ गाउँले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा दर्पण युवा क्लवले न्यू डाँफे युवा क्लव डि लाई ३–१ गोल अन्तरले पराजित गर्दै […]