वागेश्वरी क्याम्पसमा ‘सहायता कक्ष’ सञ्चालन

सदरलाइन संवाददाता २ कार्तिक २०७७, आईतवार १६:३१
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको वागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । मंसीर १४ गतेबाट सञ्चालन हुन गईरहेको स्नातक र स्नातकोत्तर तहको परीक्षालाई लक्षित गर्दै क्याम्पस हाताभित्र सहायता कक्ष स्थापना गरिएको हो ।

कोभिड–१९ का कारण परीक्षा फाराम भर्न अलमलमा परेका विद्यार्थीहरुको सहजताकालागि हेल्प डेस्क सञ्चालन गरिएको अनेरास्ववियू वागेश्वरी बहुमुखी क्याम्पस कमिटिका संयोजक अमृत खत्रीले जानकारी दिए ।


स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई हेल्प डेस्कमार्फत अनलाईन तथा लिखित फारामका बारेमा जानकारी प्रदान गर्दै आएको खत्रीले बताए ।

क्याम्पसमा अनलाईन विधिद्वारा पहिलो पटक परीक्षा सञ्चालन हुन गईरहेकाले धेरै विद्यार्थीमा अनलाईन प्रणालीबारे अन्यौलता रहेकाले हेल्प डेस्कको आवश्यकता महशुस भएको बताउँदै खत्रीले सबै तहका परीक्षार्थीलाई लक्षित गरेर हेल्प डेस्क सञ्चालन गरेको दाबी गरे ।

Next Post

वाटरपार्क परियोजनाका जग्गाधनीलाई स्थायी पुर्जा

२ कार्तिक २०७७, आईतवार १६:३१
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण शुरु गरिएको छ । एक दशकपछि जग्गाको स्थायी प्रमाणपत्र वितरण शुरु गरिएको हो । मेयर डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले आइतवार उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्थायी लालपुर्जा […]