एमसिसी टेबुल गरे गठबन्धन तोड्ने : नेता महरा

सदरलाइन संवाददाता ३ फाल्गुन २०७८, मंगलवार १९:०३
 

नेपालगञ्ज: नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाली काँग्रेसले एमसिसी टेबुल गरेको खण्डमा नेकपा माओबादी केन्द्रले गठबन्धन तोड्ने बताएका छन् । प्रथम कोहलपुर नगर कमिटिको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै नेता महराले सो कुरा बताएका हुन् ।


उनले सरकारले एमसिसी संसदमा ल्याएको खण्डमा माओवादी केन्द्रले गठबन्धनका नाममा पास नगर्ने जानकारी दिए । गठबन्दन कै आडमा आएको एमसीसी आफुहरुले पास नगर्ने पक्षमा रहेको समेत बताएका छन् । संसदमा आएको खण्डमा पनि संसदमा सभामुखले टेबुल नगर्ने समेत उनले प्रष्ट्याएका छन् ।

यस्तै बिस्तारित बैठकलाई सम्बोधन गर्दै महराले बैशाख ३० मा हुने भनिएको स्थानीय निर्बाचनमा आफ्नो पार्टीले समर्थन जनाउदै जनताको माझमा जान आतुर रहेको समेत जानकारी दिए । साथै उनले आगामी निर्वाचनलाई केन्द्रमा राखी सक्षम र उर्जावान टिम निर्माण गर्न सबै नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय गायक तथा सङ्गीतकार बप्पी लहरीको निधन

३ फाल्गुन २०७८, मंगलवार १९:०३
एजेन्सी : भारतीय गायक तथा सङ्गीतकार बप्पी लहरीको निधन भएको छ । लहरीको मंगलबार राती ६९ वर्षको उमेरमा मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो । २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा जन्मनु भएका लहरी डिस्को किङ्ग नामले परिचित थिए। पप म्युजिकलाई भारतमा बप्पी दाले नै भित्र्याएको […]