बाँकेमा आइतवार ३ जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता २२ फाल्गुन २०७८, आईतवार १६:४०
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६४ जनाको पीसीआर परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा ३२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा १० जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीपाइले विरुद्धको औषधी खुवाउन बाँकेमा अन्तरक्रिया

२२ फाल्गुन २०७८, आईतवार १६:४०
नेपालगञ्ज : स्वास्थ्य कार्यालय, बाँकेले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउनका लागि विभिन्न व्यक्तित्वसँग आइतवार अन्तरक्रिया गरेको छ । फाल्गुन २८ गतेदेखि बाँकेलगायतका दश जिल्लामा औषधी खुवाइदैछ । बाँकेवासीले सन् २०११ देखि हात्तीपाइले रोगविरुद्धको औषधी खाइरहेका छन् । सबैले औषधी नखाइदिंदा १२ औं चरणमा आइपुग्दासम्म बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान सफल हुन […]