भेरी अस्पतालको परीक्षणमा ५१ संक्रमित थपिए

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार १९:१७
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेसहित थप ५१ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले सोमवार बेलुकी जारी गरेको सूचनाअनुसार बाँके, बर्दिया, सुर्खेत, कैलालीलगायतका जिल्लाका ५१ जनामा कोरोना पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ३ सय १ जनाको नमुना मध्ये ५१ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

Next Post

नेपालगञ्जकी उपमेयर थापालाई कोरोना

२६ आश्विन २०७७, सोमबार १९:१७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि अस्वस्थ थापाले भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी दिइन् । उपमेयर थापा बाँकेमा कोरोना रोकथाम र नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि शुरुवातदेखिनै अग्रमोर्चामा रहेर खटिएकी थिइन् । चैत दोश्रोसाता सीमा क्षेत्रमा […]