बाँकेमा २४ क्युफिट अवैध काठ बरामद

सदरलाइन संवाददाता ७ माघ २०७९, शनिबार १२:५६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२३ डम्पिङ साइड नजिकैबाट प्रहरीले अबैध काठ बरामद गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरीको टोलीले २४ क्युफिट बढि काठ बरामद गरेको हो ।

बेवारिसे अवस्थामा भेटिएको काठ नेपालगञ्ज डिभिजन वन कार्यालयलाई बुझाइएको छ । हिरिमिनिया प्रहरी र वन उपभोक्ता समुहलाई छलेर उक्त काठ तस्करहरुले भित्र्याउन सफल भएका थिए ।


प्रहरीको सुइँको पाएपछि भने उनीहरुले काठ छाडेर फाग्न सफल भएको बुझिएको छ । पछिल्लो समय बाँकेमा एसपी सन्तोष सिंह राठौरले कमाण्ड सम्हालेपछि अबैध तस्करीमा कडाइ गरिएको छ ।

राठौरले अबैध तस्करी नियन्त्रणमा मातहतलाई कडा निर्देशन दिएका छन् । जस्का कारण अबैध तस्करी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिए

७ माघ २०७९, शनिबार १२:५६
नेपालगञ्ज : बाँकेका सिडिओको सरुवा भएको छ । दुल्लु नगरपालिका ८ दैलेखका विपिन आचार्य बाँकेमा सरुवा भएका छन् । यसअघि सल्यानका सिडिओ उनको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको हो । आचार्य २०७८ पुस २६ गतेदेखि सल्यानका सिडिओ थिए । बाँकेका सिडिओ सूर्यबहादुर खत्रीको गृह मन्त्रालयमा सरुवा भएको छ । […]