सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुरमा बहुप्राबिधिक शिक्षालय अर्थात् मेट्रो कलेजको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको कलेजको बुधवार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताउँदै त्यसकालागि प्रदेश सरकारले यस बर्ष १० करोड सहयोग गर्ने बताए । अहिले नेपालमा काम गर्ने जनशक्ति बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको भन्दै उनले यस शिक्षालयले नेपालमानै दक्ष जनशक्ति उत्पादन गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
प्रदेश नं. ५ मा सिमेन्ट उत्पादनको हव बन्ने र सोही अनुसार प्रदेश सरकारले प्रक्रियालाई अघि बढाए पनि सिमेन्टमा काम गर्नसक्ने दक्ष जनशक्ति नेपालमा नहुँदा बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको उनको भनाई थियो ।
अहिले पशुपति माबि हरिपौराको जग्गामा उक्त शिक्षालय निर्माण गरिन लागेको छ । उक्त स्थानमा बन बिज्ञान पढाईरहे पनि भबिष्यमा कृषि, पशु, होटेल म्यानेजम्यान्टलगायतका बिषयहरु पठन–पाठन गर्ने गरि तयारी थालेको उनले बताए ।